भूकम्प पीडितलाई मेयर्स फोरमद्वारा २५ लाख सहयोग

काठमाडौँ –शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पपीडितलाई उपत्यका मेयर्स फोरमले रु २५ लाख सहयोग गर्ने भएको छ । ललितपुर महानगरपालिका ललितपुरको सभाहलमा आज बसेको उपत्यका मेयर्स फोरमको आकस्मिक बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि रु २५ लाख सहयोग गर्ने निर्णय गरेको फोरमका महासचिव एवं चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले जानकारी दिए । […]

सम्बन्धित सामग्री

क्यानले गर्‍यो भूकम्प पीडितलाई २० लाख सहयोग

१२ फागुन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले जाजरकोट भूकम्प पीडितका लागि २० लाख सहयोग गरेको छ । आईसीसी टी-२० विश्वकप-२०२४ को एसिया छनोटअन्तर्गत नेपाल र ओमानबीच भएको फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त ५० प्रतिशत रकम क्यानले सहयोग गरेको हो । प्रतियोगिताकै बेला गरेको बचा अनुसार उक्त रकम आज प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा […]

भूकम्प प्रभावित क्षेत्रमा रुपन्देहीका पालिकाहरुबाट ८० लाखभन्दा बढी सहयोग

रुपन्देहीमा रहेका १० पालिकाले भूकम्प प्रभावितहरुका लागि ८० लाखभन्दा बढीको आर्थिक सहयोग गरेका छन्। रुपन्देहीमा रहेका १६ पालिकाहरुमध्ये १० पालिकाले ८० लाख २२ हजार ६६५ रुपैयाँबराबरको विभिन्न समानहरु सहयोग गरेका जिल्ला...

भूकम्प प्रभावितलाई निर्माण व्यवसायी विकास परिषद्को ३० लाख सहयोग

काठमाडौँ, १८ मङ्सिर । निर्माण व्यवसायी विकास परिषद्ले भूकम्प प्रभावितलाई ३० लाख रकम सहयोग गर्ने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको अध्यक्षतामा बसेको बैठकले राहत, पुनः निर्माण र शैक्षिक सामग्रीका लागि ३० लाख रकम सहयोग गर्ने निर्णय गरेको मन्त्रालयका सहसचिव रघुराम बिष्टले जानकारी दिए । राहत र पुनः निर्माणका लागि रु […]

रैनादेवीले जनप्रतिनिधिको सुविधा कटाएर भूकम्प पीडितलाई सहयोग गर्ने

९ मंसिर, पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिकाका जनप्रतिनिधिले जाजरकोट र रुकुम पूर्वका भूकम्प पीडितलाई सहयोग उपलब्ध गराउने निर्णय गरेका छन् । गाउँ कार्यपालिकाको बैठकले भूकम्प प्रभावितका लागि तीन लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । रैनादेवी छहराका जनप्रतिनिधिले भूकम्प प्रभावित क्षेत्रमा, राहत, उपचार, पुनस्थापनका र पुनःनिर्माणमा सहयोग गर्न उक्त रकम दिने […]

भूकम्प पीडितलाई पाँच लाख सहयोग

काठमाडौं, २२ कात्तिक । तनहुँको व्यास नगरपालिकाले जाजरकोट भूकम्प पीडितका लागि पाँच लाख सहयोग गर्ने निर्णय गरेको छ । व्यास नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो । भूकम्प पीडितको राहत सहयोगका लागि नगरपालिकाको विपद् कोषबाट उक्त रकम उपलब्ध गराउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिए । भूकम्पमा […]

भूकम्प प्रभावितलाई लुम्बिनी विकास कोषले २५ लाख सहयोग गर्ने

लुम्बिनी विकास कोषले जाजरकोटका भूकम्प पिडितहरुका लागि २५ लाख सहयोग गर्ने भएको छ। कोष सचिवालयको बैठकले तत्तकाल राहात र उद्धारका लागि कोषका तर्फबाट २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो। भूकम्पबाट...

वीरेन्द्रनगर नगरपालिकाले भूकम्पपीडितलाई २६ लाख सहयोग गर्ने

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले भूकम्प प्रभावितहरुको पुनर्स्थापना कोषमा २६ लाख सहयोग गर्ने भएको छ। नगर कार्यपालिकाको मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो। नगरपालिकाको १६ वटै वडाको वडा विपद कोषबाट रु एक...

एकीकृत समाजवादीले २५ लाख रुपैयाँ भूकम्प पीडितलाई सहयाेग गर्ने

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) ले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । आज सोमवार बसेको पार्टीकाे सचिवालय बैठकले भूकम्प पीडितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले पार्टीका तर्फबाट रकम सङ्कलन गरेर सरकारको कोषमा जम्मा गर्ने जानकारी दिनुभयो । त्यसका लागि पार्टीका सङ्घीय सरकार र प्रदेश सरकारका मन्त्री, सांसद र जनप्रतिनिधि एवम् राजनीतिक नियुक्तिमा गएका व्यक्तिबाट १५ दिनको पारिश्रमिक जम्मा गर्ने उहाँ...

भूकम्प पीडितलाई सल्यानका स्थानीय तहले २० लाख सहयोग गर्ने

सल्यान : सल्यानका सबै पालिकाले भूकम्प प्रभावित क्षेत्रका लागि २० लाख रुपैयाँ सहयोग गर्ने भएका छन्। दशवटा पालिका रहेको सल्यानमा प्रत्येक पालिकाले २ लाखका दरले २० लाख रकम भूकम्प प्रभावितका लागि सहयोग गर्ने भएका हुन्।आइतबार सल्यान खलंगामा बसेको स्थानीय तहको संयुक्त बैठकले एकद्वार प्रणालीमार्फत जिल्लाका १० स्थानीय तहले २ लाखका दरले २० लाख सल्यान जिल्ला विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको जिल्ला समन्वय समितिका सभापति बेलाराम रावलले जानकारी दिए।जम्मा भएको रकमको ६० प्रतिशत जाजरकोट र ४० प्रत

डोटीका भूकम्प पीडितलाई एक लाख सहयोग गर्ने एमालेको घोषणा

२३ कात्तिक, डोटी । नेकपा एमाले डोटीले भूकम्प पीडितको राहत तथा उद्धारका लागि जिल्ला व्यवस्थापन समितिलाई एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । एमाले जिल्ला अध्यक्ष चक्र मल्लले सहयोगको घोषणा गरेका हुन् । बुधवार बिहान भूकम्पका कारण धनजनको क्षति भएको क्षेत्र पूर्वीचौकी गाउँपालिका–३ ठाँडागाउँ पुगेर पीडितहरुलाई भेटेका मल्लले भूकम्प पीडितहरुको उद्दार र राहतमा […]