काठमाडौं । वासिङ्टनले उत्तर कोरियाले १० हजार सैनिक रुसमा तालिमका लागि पठाएको र सम्भवतः केही हप्तामै युक्रेनविरुद्ध लड्ने सम्भावना रहेको बताएको छ । सोलले मङ्गलबार चेतावनी दिँदै यो तीव्र तैनाथीले ‘महत्त्वपूर्ण सुरक्षा खतरा’ उत्पन्न गरेको बताएको छ । सोलले लामो समयदेखि आणविक–सशस्त्र उत्तर कोरियाले मस्कोलाई किएभविरुद्ध लड्न हतियार पठाएको आरोप लगाउँदै आएको छ । उत्तर […]
उत्तर कोरियाले रुसलाई हतियार पठाएको आरोप अमेरिकाले लगाएको छ।अमेरिकी अधिकारीहरूले रुसलाई उत्तर कोरियाले ठूलो संख्यामा सैन्य उपकरण पठाएको र त्यो युक्रेनमा प्रयोग हुने आरोप लगाएका हुन्।अमेरिकाका राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता जोन किर्बिले उत्तर कोरियाले यसै साता उपकरण र युद्ध सामग्रीले भरिएका एक हजारभन्दा धेरै कन्टेनर पठाएको आरोप लगाए। अधिकारीहरूले केही तस्विर पनि सार्वजनिक गर्दै भनेका छन्, ‘यो तस्विर कोरियाको नेजिनमा एकसाथ रोकिएका ३ सय कन्टेनरका हुन्।’गत महिना उत्तर कोरियाका न
चीनले उत्तर कोरियालाई गत मार्च महिनामा करिब पाँच सय ८७ टन प्रशोधित इन्धन उपलब्ध गराएको राष्ट्रसंघले जनाएको छ। उत्तर कोरिया मामिला सम्बन्धी राष्ट्रसंघीय समितिका अनुसार मार्च महिनामा चीनले चार हजार ८९३ ब्यारेल तेल उपलब्ध गराएको छ। गत वर्ष सेप्टेम्बरमा प्रकाशित प्रतिवेदन प्रकाशन गरेयता चीनले उत्तर कोरियालाई मासिक इन्धन निकासीका बारेमा जानकारी गराएको छैन। उत्तर कोरियातर्फ मार्चमा चीनले निकासी गरेको इन्धन वर्षको एक प्रतिशत मात्र हो।संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको सन् २०१७ को प्रस्ता