विद्यालय छनोटका आधार

वैशाख महिनाबाट विद्यालय तहमा नयाँ शैक्षिक सत्र सुरु हुन्छ । विद्यार्थीहरू नयाँ कक्षामा उत्साह र उमङ्गका साथ प्रवेश गर्छन् । अभिभावकहरू यतिखेर आफ्ना बालबालिकाको गुणस्तरीय शिक्षाका लागि राम्रो विद्यालयको खोजीमा रहेका पनि हुन्छन् । पहिले पढिरहेकै विद्यालयमा पढाइलाई निरन्तरता दिने अथवा नयाँ विद्यालयमा बालबालिकालाई भर्ना गर्ने भन्ने विषयले धेरै अभिभावकलाई पिरोलिरहेको पनि हुन्छ । पूर्वप्राथमिक तहबाट प्राथमिक तहमा प्रवेश गर्ने अनि प्राथमिक तहमा अध्ययनरत विद्यार्थीला