वैशाख १ गतेदेखि श्रम स्वीकृतिको आवेदन पालिकामा रहेका रोजगार सेवा केन्द्रमार्फत दिन सकिने

काठमाण्डौ – आउँदो वैशाख १ गतेदेखि वैदेशिक रोजगारीमा व्यक्तिगत रूपमा जाने र पुनः श्रम स्वीकृति लिनेहरूको श्रम स्वीकृतिको आवेदन पालिकास्तरमा रहेका रोजगार सेवा केन्द्रले नै भरिदिने भएका छन् । अनलाइन प्रणालीबाट आवेदन दिनु पर्ने हुँदा विभिन्न श्रम कार्यालय अघिल्तिर रहेका साइबर र बिचौलियाहरूबाट श्रमिक ठगीमा परेको भन्दै रो...