सरकारले थाल्यो महावीर पुनसँग वार्ता

काठमाडौँ : सरकारले तीन दिनदेखि आन्दोलनरत राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनसँग वार्ता थालेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र पुनबीच आज रक्षा मन्त्रालयमा वार्ता भएको हो।दिउँसो १ बजे भएको वार्ता सकारात्मक रहेको पुनले जानकारी दिएका छन्। छलफलमा माग सम्बोधनका लागि दुबै पक्षबाट वार्ता टोली गठन गरेर भोलिसम्म माग पूरा गर्ने गरी छलफल भएको उनले बताए।रक्षामन्त्रीसँगको वार्ता जारी हुँदासमेत प्रधानमन्त्री प्रचण्डले दुईपटक फ