मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना पारित

काठमाडौं। बाढीपहिरो प्रभावित क्षेत्रमा उद्दार, राहत तथा व्यवस्थापनको कामलाई प्रभावकारी बनाउन सरकारले सबै मन्त्रालयलाई परिचालित गर्ने भएको छ। गृहमन्त्री नेतृत्वको विपद व्यवस्थापन कार्यकारी समितिको बुधबारको बैठकले विपद व्यवस्थापनको कार्य प्रभावकारी बनाउन मन्त्रालयको संयुक्त प्रयास गर्ने निर्णय गरेको हो। विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना,२०७८ स्वीकृत गरेको छ।

सम्बन्धित सामग्री

मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना तयार

हेटौँडा २५ असार । बागमती प्रदेश सरकारले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना आइतबार पारित गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्री गङ्गानारायण श्रेष्ठको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले उक्त कार्ययोजना पारित गरेको हो । कार्यकारी समितिको बैठकले बागमती प्रदेशमा मनसुनको कारणले हुनसक्ने धनजनको क्षतिलाई न्यूनिकरण गर्न अपनाउन पर्ने सावधानी, पूर्वतयारी र […]

वाग्मती सरकारको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना पारित

वाग्मती प्रदेश सरकारले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना पारित गरेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानाराण श्रेष्ठको अध्यक्षता आइतबार बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समिति बैठकले कार्ययोजना पारित गरेको हो ।

तयारी अवस्थामा सुरक्षा टोली

सरकारले विपत्जन्य घटनाको जोखिम न्यूनीकरणका लागि मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०७९ पारित गरेको छ। सो कार्ययोजनामा प्राकृतिक विपत्बाट बच्नका लागि सबै सरोकारवाला मन्त्रालय, प्रदेश तथा स्थानीय तहको भूमिका तथा जिम्मेवारी निर्धारण गरिएको छ।

विपत् व्यवस्थापन र उद्धारका लागि तयारीमा सेना

मनसुन सुरु भएसँगै सम्भावित बाढीपहिरो र डुबानबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण तथा उद्धारका लागि नेपाली सेना तयारी अवस्थामा रहेको छ । गृह मन्त्रालयले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०७९ पारित गरी उद्धार, पुनस्र्थापना तथा राहतमा नेपाली सेनाको नेतृत्वमा अन्य तीनवटा सुरक्षा निकायलाई परिचालन गर्ने निर्णय गरेको छ ।

सुदूरपश्चिममा दुई लाख बढी जनसंख्या विपदबाट प्रभावित हुने अनुमान

सुदूरपश्चिम प्रदेशमा यस वर्ष दुई लाख बढी जनसंख्या विपदका घटनाबाट प्रभावित हुने अनुमान गरिएको छ । मनसुन सक्रिय भएसँगै बाढी, पहिरो, चट्याङ, डुबान लगायतका विपदका घटनाबाट प्रदेशमा यस वर्ष दुई लाख ६३ हजार तीन सय १५ जना प्रभावित हुने अनुमान गरिएको हो ।प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा रहेको विपद व्यवस्थापन परिषदले पारित गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०७९ अनुसार यस वर्ष कैलाली र कंचनपुर जिल्लामा बाढीका कारण कुल दुई लाख तीन हजार छ सय ९५ जनसंख्या तथा अन्य सात जिल्लाहरुम

विपत् कोषमा छ अर्ब ७९ करोड

मनसुन सुरु भएसँगै बाढीपहिरो तथा डुबानबाट हुन सक्ने क्षतिको न्यूनीकरण तथा उद्धारमा तीनवटै सुरक्षाकर्मी परिचालन गरिने भएको छ । मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना, २०७९ पारित भएसँगै नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल संयुक्त रूपमा विपत् क्षति न्यूनीकरण, उद्धार तथा राहतमा खटिने भएका हुन् । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आगामी वर्षायाममा बाढीपहिरो तथा डुबानबाट चार लाख २१ हजार घरधुरीका क

विपत् कोषमा ६ अर्ब ७९ करोड

मनसुन सुरु भएसँगै बाढीपहिरो तथा डुबानबाट हुन सक्ने क्षतिको न्यूनीकरण तथा उद्धारमा तीनवटै सुरक्षाकर्मी परिचालन गरिने भएको छ । मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययो जना, २०७९ पारित भएसँगै नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल संयुक्त रूपमा विपत् क्षति न्यूनीकरण, उद्धार तथा राहतमा खटिने भएका हुन् । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आगामी वर्षायाममा बाढीपहिरो तथा डुबानबाट चार लाख २१ हजार घर धुरीका करिब २० लाख जनसङ्ख्या प्रभावित हुन अनुमान गरिएको छ ।गृ

मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना पारित

काठमाडौं : मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०७९ स्वीकृत भएको छ। गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा आइतबार बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १३ औं बैठकले यो वर्षको मनसुन कार्ययोजना स्वीकृत गरेको हो।बैठकले कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका लागि गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख तथा सहसचिव प्रदीप कोइरालाको संयोजकत्वमा मनसुन प्रतिकार्य कमाण्ड टोली गठन गरेको छ।जसमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, राष्ट्र

विपद् व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिले आज गरेका यस्ता छन् चार निर्णय

काठमाडौं। मनसुनसँगै परेको अविरल वर्षाले देशका विभिन्न स्थानमा बाढी र पहिरो गएपछि आज राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको ११ औं बैठक बसेको थियो। बैठकले पहिरोबाट प्रभावितलाई तत्काल अस्थायी आवाससहितको बन्दोबस्ती गर्ने, मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना परिमार्जनसहित पारित, थप ४ वटा कार्यविधि पारित र नुवाकोट दुप्चेश्वरको जोखिमपूर्ण ढुङ्गाको व्यवस्थापनका लागि बजेट व्यवस्थापन गर्ने निर्णय गरेको छ।

बागमती प्रदेशको मनसुन पूर्वतयारी कार्ययोजना तयार

असारको अन्तिम साता आइपुग्दा बागमती प्रदेश सरकारले मनसुन पूर्व तयारी तथा प्रतिकार्य कार्ययोजना २०८० तयार गरेको छ । बागमती प्रदेशको प्रदेश विपत् व्यवस्थापन कार्यकारी समितिको बैठकले मनसुन पूर्व तयारी तथा प्रतिकार्य कार्ययोजना पारित गरेको हो ।