लगातार तेस्रो दिन पनि राताम्मे हुँदै नेप्से १९ सय विन्दु भन्दा तल - NepaliPatra

काठमाडौँ। लगातार तेस्रो दिन आज पनि शेयर बजार घटेर राताम्मे भएको छ। शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव शून्य ६ अंकले घटेर एक हजार आठ सय ८९ दशमलव ५९ विन्दुमा झरेको छ। आज सबै समूहको शेयर ओरालो लागेको छ। सबैभन्दा धेरै बाराही हाइड्रोपावर कम्पनीको शेयर साढे सात प्रतिशत तथा गरिमा डिबेञ्चरको शेयर झण्डै ६ […]

सम्बन्धित सामग्री

नेप्सेमा दोहोरो अङ्कको गिरावट

यो साता कारोबारको लगातार तेस्रो दिन आज पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक १० दशमलव १० अङ्कले घटेर एक हजार आठ सय ३७ दशमलव ७१ को विन्दु कायम भएको हो ।

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ, १९ मङ्सिर । यो साता कारोबारको लगातार तेस्रो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक १० दशमलव १० अङक्ले घटेर एक हजार आठ सय ३७ दशमलव ७१ को विन्दु कायम भएको हो । आज दुई सय ९२ कम्पनीको ४६ लाख ९८ हजार छ सय ८२ कित्ता शेयर […]

लगातार चार दिन घटेपछि १.१६ % बढ्यो नेप्से, ९३ करोड ८९ लाख बराबरको शेयर कारोबार

काठमाडौं । लगातार चार दिन घटेको नेप्से परिसूचक सोमवार (आज) १ दशमलव १६ प्रतिशत बढेको छ । यससँगै परिसूचक १ हजार ८४७ दशमलव ५४ विन्दुमा पुगेको छ ।  गत आइतवार नेप्से परिसूचक १८ सय विन्दुको मनोवैज्ञानिक रेखा नजिक पुगेको थियो । उक्त दिन नेप्से परिसूचक १ हजार ८२६ दशमलव २३ विन्दुमा झरेको थियो । यही कारण बजार १८ सय विन्दुमुनि जान्छ भन्ने त्रास आम लगानीकर्तामा देखिएको थियो । तर, सोमवार नेप्सेमा भएको वृद्धि लगानीकर्तालाई केही राहत मिलेको छ ।   अब यो वृद्धिले निरन्तरता पाउँछ कि पाउँदैन ? त्यो भने हेर्न बाँकी नै छ । त्यसो त यसअघि पनि धेरै पटक नेप्से १८ सय विन्दुकै आसपासबाट फर्किएको थियो । यसअघि १८०७ विन्दुसम्म झरेको नेप्से बाउन्स ब्याक भएको थियो । अहिले पनि पुनः यही विन्दु नजिक आउनै लाग्दा बाउन्स ब्याक भएको देखिन्छ । यसआधारमा बजारले १८ सय वा यही वरिपरिको विन्दुलाई न्यूनतम रेखा बनाएको लगानीकर्ता बताउँछन् ।  सोमवार २८३ धितोपत्रको ३५ लाख ५५ हजार ६७० कित्ता शेयर ४७ हजार २३१ पटकमा रू. ९३ करोड ८९ लाख बराबरको शेयर कारोबार भएको छ । यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ९४ प्रतिशत, फ्लोट इन्डेक्स १ दशमलव ०४ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ८३ प्रतिशत वृद्धि भएको छ ।  कारोबारमा आएका धितोपत्रमध्ये सबैभन्दा बढी हाथवे इन्भेष्टमेन्ट नेपालको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशत वृद्धि भएको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३६५ दशमलव ८० पुगेको हो । शेयर मूल्य सर्वाधिक बढ्ने कम्पनीको सूचीमा दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी छ । कम्पनीको शेयर मूल्य ९ दशमलव ९३ प्रतिशत बढेर रू. ७५३ पुगेको छ ।  सोमवार सबैभन्दा बढी लक्ष्मी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयर मूल्य ४ दशमलव २८ प्रतिशत घटेको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६३७ मा झरेको हो ।  सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा सोल्टी होटलले ओगटेको छ । यस कम्पनीको रू. ६ करोड ४३ लाख बराबरको भएको हो । शेयर मूल्य प्रतिकित्ता रू. ४२८ दशमलव ५० कायम भएको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको रू.५ करोड ६२ लाख बराबरको भएको हो ।  कारोबारमा आएका १३ ओटै समूहगत परिसूचक सबै बढेका छन् । सबैभन्दा बढी होटल तथा पर्यटन समूहको परिसूचक ३ दशमलव ७३ प्रतिशत वृद्धि भएको छ । त्यस्तै दोस्रोमा व्यापार समूहको परिसूचक २ दशमलव ७४ प्रतिशत वृद्धि भएको छ ।

शेयर बजार ५ दिनदेखि राताम्मे, आज झन्डै २८ अङ्कले घटेर २ हजार विन्दु नजिकै

काठमाण्डाै – शेयर बजार आज लगातार पाँचौँ दिन पनि घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार २७ दशमलव ९२ अङ्कले घटेर दुई हजार १० दशमलव शून्य एक विन्दुमा झरेको छ ।  सबै समूहको शेयर घटेकोमा उत्पादन, जीवन बीमा, विकास बैंक र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । नेप्सेसँगै कारोबार सङ्ख्या र रकममा पनि निरन्तर कमी आउन थालेको छ । आज दुई सय २७ वटा कम्पनीकाे ४५ लाख ५९ हजार कित्ता शेयर एक अर्ब ८७ करोड ३२ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको १६ करोड ५...

२१०० को मनोवैज्ञानिक विन्दुबाट पनि तल झर्‍यो नेप्से, सबै समूहगत परिसूचक राताम्मे

जेठ २०, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रवार नेप्से परिसूचक ३३ दशमलव ७६ अंकले घटेर २ हजार ७८ दशमलव ७० विन्दुमा झरेको २ हजार ११३ दशमलव १३ विन्दुबाट खुलेको बजार यस दिन १ दशमलव ६० प्रतिशतले घटेको हो ।  यो दिन कारोबारमा आएका २२६ ओटा धितोपत्रको ३८ लाख ४८ हजार ५०८ कित्ता शेयर २६ हजार ६९३ पटकमा रू. १ अर्ब ३० करोड ७३ लाख ५९ हजार ५४१ बराबरको शेयर खरीदविक्री भएको छ ।  नेप्से परिसूचक लगातार पाँचौ दिन पनि घटेको छ । शेयर बजार निरन्तर घट्दै २ हजार १०० विन्दुभन्दा पनि तल आएको छ । यो विन्दु पछिल्लो डेढ वर्ष यताकै सबैभन्दा न्यून विन्दु हो । कारोबारमा आएका २२६ ओटा धितोपत्रमध्ये उपकार लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ७५७ पुगेको हो ।  त्यसैगरी दोस्रोमा बलेफी हाइड्रोपावको शेयरमूल्य ९ दशमलव ९८ प्रतिशत बढेर रू. १६८ कायम भएको छ ।  शुक्रवार सबैभन्दा बढी किसान लघुवित्तको शेयरमूल्य ८ दशमलव ८५ प्रतिशत घटेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ९१८ मा झरेको छ ।  त्यसैगरी दोस्रोमा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ४ दशमलव ६५ प्रतिशत घटेर रू. १ हजार २५ कायम भएको छ ।  सर्वाधिक शेयर खरीदविक्री एनआईसी एशिया बैंकको भएको हो । उक्त कम्पनीको रू. ६ करोड २३ लाख बराबरको शेयर खरीदविक्री भएको छ । त्यसैगरी दोस्रोमा नागरिक लगानी कोषको रू. ४ करोड २ लाख बराबरको भएको हो ।  कारोबारमा आएका १३ समूहगत परिसूचकमध्येसबै समूहको समूहगत परिसूचक घटेसँगै समग्र नेप्से परिसूचक घटेको हो । यस दिन व्यापार र नीर्जिवन बीमा उपसमूहका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । व्यापार समूहको परिसूचक २ दशमलव ५६ प्रतिशत र जीवन बीमा समूहको परिसूचक २ दशमलव ३४ प्रतिशतका दरले घटेसँगै सर्वाधिक गुमाएका हुन् ।   समूहगत परिसूचक घट्नेमा बैंकिङ समूहको १ दशमलव ६८ प्रतिशत, व्यापार समूहको २ दशमलव ५६ प्रतिशत, होटल एण्ड टुरिजम समूहको शून्य दशमलव ८६ प्रतिशत, विकास बैंक समूहको १ दशमलव ५५ प्रतिशत, हाइड्रोपावर समूहको १ दशलमव ३ प्रतिशत, वित्त समूहको १ दशमलव ३७ प्रतिशत, निर्जीवन बीमा समूहको १ दशमलव ९२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको १ दशमलव ७४ प्रतिशत, अन्य समूहको शून्य दशमलव ८१ प्रतिशत, लघुवित्त समूहको १ दशलमव ४४ प्रतिशत, जीवन बीमा समूहको २ दशमलव ३४ प्रतिशत, म्युचुअल फण्ड समूहको १ दशलमव ७४ प्रतिशत र लगानी समूहको १ दशमलव ९१ प्रतिशतका दरले घटेको हो ।

तीन दिनमा ७४ अंकले बढ्यो नेप्से

काठमाडौं ।  सेयर बजार परिसूचक नेप्से लगातार तेस्रो कारोबार दिन पनि बढेको छ । गएको सातासम्म लगातार घटेर बिहीबार १५ महिनायताकै न्यून विन्दु २२३८.६२ अंकसम्म झरेको नेप्से आइतबारबाट लगातार बढिरहेको छ । आइतबार करिब १८ अंकले बढेको नेप्से सोमबार १२ अंकले बढेर बन्द भएको थियो । आज लगातार तेस्रो दिन पनि बढेको...