रुकुम (पूर्व) : रुकुम पश्चिममा बस दुर्घटनाका घाइते तथा मृतकका आफन्तले क्षतिपूर्ति माग्दै सडक बन्द गरेका छन्। बुधबार (आज) बिहानैदेखि जिल्लाभित्रका र बाहिर जाने तथा बाहिरबाट जिल्ला भित्रिने सवारीसाधन चलेका छैन्। दुर्घटनाका पीडितले क्षतिपूर्ति पाउनुपर्ने माग गर्दै यातायात बन्द गरेका हुन्। गत मंसिर २० गते बेलुकी मुसीकोट नगरपालिका–२ बरेली बजारमा जन्ती बस दुर्घटनामा परेको थियो। दुर्घटनामा एक जनाको मृत्यु भएको थियो भने ३९ जना घाइते भएका थिए। दुर्घटनामा मृतकका आफन्तले क्षतिपूर्