राप्रपाका निवर्तमान अध्यक्ष डा. प्रकाश चन्द्र लोहनीले आगामी निर्वाचनमा सके सत्ताको नेतृत्व गर्ने नभए पनि प्रमुख प्रतिपक्षको हैसियतमा पुर्याउनुपर्ने चुनौती रहेको बताएका छन् । नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ तथा प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै लोहनीले राप्रपा जसरी दुई वर्ष अघि एकता भएको थियो सोही अनुसार एकता महाधिवेशन भएर विधि र पद्धति स्थापित भएको समेत बताए । उनले पार्टी विधि पद्धति र विधान अनुसार चल्छ र छानिएका प्रतिनिधि मार्फत नेतृत्व छानिन्छ भन्ने उदाहर