काठमाडौं : विभागीय टोली एपिएफ र न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब काठमाडौंमा जारी छैटौं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेका छन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आइतबार भएको खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई र न्यु डायमण्डले नेपाल पुलिस क्लबको चुनौती समाप्त गर्दै फाइनल पुगेका हुन्। एपिएफले आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आजै भएको खेलमा विभागीय नेपाल ...