स्पेनिस सहयोग नियोगका प्रमुख सहयोग सामाग्री लिई बिहीबार काठमाडौं आउँदै

काठमाडौं। स्पेनिस सहयोग निकायका प्रमुखसहितको टोली सहयोग सामाग्री लिएर बिहीबार काठमाडौं आउने भएका छन्।परराष्ट्र मन्त्रालयकाअनुसार उनीहरु स्पेनको आइबेरियन एयरलाइन्सको विमान चार्टर गरी काठमाडौं आउन लागेका हुन्। स्पेनका विदेशमन्त्री अरन्चा गोन्जालेजले कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा नेपाललाई सहयोग गर्न भेन्टिलेटर्स र अन्य स्वास्थ्य उपकरण पठाउने घोषणा गरेका थिए। फर्कदा उक्त जहाजमा नेपालमा रहेका ४० जना स्पेनी नागरिकलाई लगिने जनाइएको छ।