विद्यार्थीको भावनामा आधारित शैक्षिक उपन्यास ‘कखरा’ लोकार्पण
लेखक तिमिल्सिनाले शिक्षा क्षेत्रमा लेखनीमार्फत् पनि सहयोग गर्न उपन्यास लेखेको बताए। उनले सो उपन्यास अभिभावक, शिक्षक र विद्यालयको अनावश्यक दबाब र पेलानमा परेका समस्त विद्यार्थीको भावनामा आधारित रहेको बताए।...
उज्यालोतिर शैक्षिक साहित्यमा, शिक्षण कलामा युगान्तकारी परिवर्तनको सम्भावना बोकेको व्यावहारिक उपन्यास हो। यसमा आदर्श छैन। उपन्यासकार कल्पनामा हराएका छैनन्। उनी यथार्थ आवश्यकतालाई टपक्क टिपेर उपन्यासको स्वरूप खडा गर्न सफल भएका छन्।...
सांस्कृतिक संस्थानले विद्यालय शिक्षालाई सहयोग गर्न नाटक सुरु गर्ने भएको छ । संस्थानका महाप्रबन्धक अशोककुमार राईले विभिन्न पाठ्यक्रममा भएका कृतिहरू माथि नाटक मञ्चन गरेर देखाइने बताए। अध्ययन अध्यापनमा हप्ता दिन लाग्ने एक चिहान उपन्यास नाटक २ घण्टामा हेरेर बुझ्न सकिने बताए। नाटक हेरेका विद्यार्थीहरूको मन मस्तिष्कमा पनि चाँडो यसको छाप बस्ने भएकोले शैक्षिक पाठ्यक्रममा भएका कृतिहरूमा नाटक सुरु गर्न लागिएको बताए। न्युज एजेन्सी नेपालसँगको कुराकानीमा महाप्रबन्धक राईले सांस्कृतिक संस्थानप्
‘हामीले विद्यालय छाड्ने अन्तिम दिन रिसाउँदै बिदा भएका थियौँ । त्यस दिन विद्यालयमा तनाव र तोडफोडको स्थिति सिर्जना भएको थियो । आखिर किन त्यस्तो गरिएछ भन्ने जवाफ आज ‘कखरा’ पढेपछि मिलेको छ ।’ लेखक हरिहर तिमिल्सनाकृत शैक्षिक विषयमा आधारित ‘कखरा’ उपन्यासबारे बिहीबार आयोजित कार्यक्रममा समीक्षा गर्दै उपन्यासकार नयनराज पाण्डेले भने, ‘मेरो विद्यालय जीवनलाई जीवन्तरुपमा यस […]
कवि, गीतकार तथा शिक्षक हरिहर तिमिल्सिना लिखित शैक्षिक उपन्यास ‘कखरा’ लोकार्पण भएको छ। बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रम आयोजना गरी उपन्यास सार्वजनिक भएको हो। सिकाइ समूहले प्रकाशन गरेको पुस्तकलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव हरिप्रसाद लम्साल, आख्यानकार नयनराज पाण्डे, शिक्षिका मल्लिका जोशी, शिक्षाविद् मुकुन्द शर्मा तथा विभिन्न कलेजका विद्यार्थीहरुले संयुक्त रुपमा विमोचन गरे। […]