काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेड र एभर्टनले ३–३ गोलको बराबरी खेलेका छन्।युनाईटेडको मैदानमा गएराति भएको खेलमा घरेलु टोलीका लागि एडिन्सन काभानी, ब्रुनो फर्नान्डेज र स्कट म्याक्टोमेनीले एक एक गोल गरे।एभर्टनका डोकोरे, हामेज रोड्रिग्वेज र डोमिनिक काल्भर्ट लेविनले एक एक गोल फर्काए । काल्भर्ट लेविनले खेलको अन्तिम मिनेटमा गोल गरेपछि खेल ३–३ गोलको बराबरीमा पुगेको हो। बराबरीसँगै युनाइटेड २३ खेलबाट ४५ अंकका साथ दोस्रो स्थानमा कायमै छ। एर्भटन २१ खेलबाट ३७