मंगलबार देशको मौसममा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यस्तै बुधबार रातिदेखि यसको प्रभाव बढ्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार मंगलबार बिहान पहाडी भूभागमा आंशिक बदली रही तराईका भूभागमा हुस्सु र कुहिरो लागेको छ।
यस्तै दिउँसो प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरुमा आंशिक बदली रहनेछ । यस्तै प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका थोरै स्थानहरुमा र मधेस प्रदेश तथा लुम्बिनी प्रदेशका एक दुई स्थानहरूमा हल्का...