प्रचण्डसहित माओवादीका २३६ केन्द्रीय सदस्यले लिए पार्टी एकता जोगाउने शपथ

नेकपा माओवादी केन्द्रका नवनिर्वाचित २३६ केन्द्रीय सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । ललितपुरको एक पार्टी प्यालेसमा आयोजित कार्यक्रममा सोमवार केन्द्रीय सदस्यहरूले शपथ लिएका हुन् ।  पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत केन्द्रीय सदस्यलाई शपथ खुवाइएको माओवादी पार्टीको निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले जानकारी दिए । उनीहरूले गोपनीयता तथा पार्टी एकता जोगाउने शपथ लिएका छन् । शपथ लिएलगत्तै माओवादी केन्द्रको केन्द्रीय कमिटीको पहिलो बैठक ज्येष्ठ सदस्य दीनानाथ शर्माको अध्यक्षतामा शुरू भएको छ । केन्द्रीय...