रौतहटमा नियमनकारी निकाय र जनप्रतिनिधिको मौनताका कारण ब्यापारीहरुले रासायनिक मलखादमा किसनसँग चर्को मूल्य असुल्न थालेका छन् । जिल्लाका अधिकांश बजारमा व्यापारीहरुले डिएपी मल मनलाग्दी मूल्यमा बिक्री गर्न थालेका छन् ।गहुँ, मुसुरो जस्ता बालीका लागि डिएपी मल आवश्यक पर्दछ । नेपाल सरकारले किसानलाई मलखाद आपूर्तिको लागि स्थानीय डिलरमार्फत वितरणको व्यवस्था गरेको छ । कटहरियास्थित मलखाद बिक्री वितरणको अधिकार पाएका झन्डै एक दर्जन डिलरले कृषि सामग्री कम्पनी चन्द्रनिगाहपुर र बीरगंजबाट मलखाद ल्याउने गर्दछन्