नेयमार, एमबाप्पे र काभानीले गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा एन्जर्समाथि ३–१ को सहज जित निकाल्दै लगातार तेस्रो जित दर्ता गरेको हो। घरेलु मैदानमा पीएसजीलाई जिताउननेयमार जुनियर, केलियन एमबाप्पे र एडिन्सन काभानीले गोल गरे। एन्जर्सका माङ्गानीले एक गोल गरेका थिए।