बन्दाबन्दीले गर्दा गण्डकी प्रदेशका विकास खर्च प्रभावित भएको छ । चालू आर्थिक वर्षको यो अवधिसम्ममा प्रदेशको विकास खर्च जम्मा ३० प्रतिशत मात्र भएको छ । विकासका काम हुने बेला कोरोना भाइरसको प्रभावलाई नियन्त्रण गर्न बन्दाबन्दी हुँदा प्रदेशको खर्चमा यस्तो प्रभाव देखिएको हो ।