बागलुङ : शिक्षा, स्वास्थ्य, यातायातलगायत विकासका पूर्वाधारका हिसाबले पछाडि परेको तमानखोला गाउँपालिकाले पछिल्लो समय सबै क्षेत्रमा सुधार गर्न थालेको छ। केही वर्ष अगाडिसम्म तमानखोलाका विद्यालयहरु जीर्ण थिए।विद्यार्थीहरु भुइँमा धुलोमै बसेर पढ्न बाध्य थिए। खानेपानी र शौचालयको समेत उस्तै समस्या थियो। नजिक विद्यालयहरु थिएनन्। विद्यार्थीलाई इन्टरनेटको विषयमा पाठ्यपुस्तकमा पढे पनि व्यावहारिक ज्ञान थिएन।तर अहिले गाउँपालिकाले माध्यमिक तहका सबै विद्यालयहरुमा इन्टरनेट विस्तार गरेको छ। गाउँपालिकामा तीनवटा माध