हेटौँडा : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले १० लाख रुपैयाँ घुस लिएको अभियोगमा नेपाल विद्युत् प्राधिकरणका इञ्जिनियर ईश्वरीप्रसाद जैसवाललाई थलोमै पक्राउ गरेको छ। हेटौँडा-भरतपुर-बर्दघाट प्रसारण लाइन आयोजनामा कार्यरत नवौँ तहका इञ्जिनियर जैसवाललाई आयोगको कार्यालयबाट खटिएको टोलीले आज पक्राउ गरेको जनाइएको छ।
प्रहरी नायब उपरीक्षक भीमकिरण बोगटीको नेतृत्वमा रहेको