सरकारले तोकेको लक्षित समूहमा पर्ने १२ लाख भन्दा बढी मानिस स्वास्थ्य बीमामा आवद्ध गराएको छ । स्वास्थ्य बीमा बोर्डका सूचना अधिकृत सोभित रिजालका अनुसार बोर्डले पाँच वर्षमा १२ लाख ८४ हजार ५४२ जना लक्षित जनसंख्यालाई निशुल्क स्वास्थ्य बीमा प्रदान गरेको छ ।