काठमाडाैं : सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालका अध्यक्षमा बालकृष्ण बस्नेतलाई नहटाउन दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ। न्यायाधीशहरू सपना प्रधान मल्ल र हरि फुँयालको संयुक्त इजलासले आज न्यायाधीश तेजबहादुर केसीको आदेशलाई निरन्तरता दिएको हो।यस अघि बस्नेतलाई सरकारले प्रेस काउन्सिलकाे अध्यक्षबाट हटाउने निर्णय गरेकाे थियाे। साे निर्णयपश्चात बस्नेत पुनर्बहालीका लागि सर्वाेच्च पुगेका थिए।