काठमाडौं । 'किताब जात्रा'को छैटौं संस्करण शुक्रबारबाट काठमाडौंमा सुरु भएको छ । दुई दिनसम्म चल्ने महोत्सवको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरे ।
आर्मी अफिसर्स क्लब सुन्धारामा सुरु भएको महोत्सवमा कला, साहित्य र संस्कृतिका विभिन्न …
काठमाडौंको कालोपुलस्थित जेभियर इन्टरनेशनल कलेजको आयोजनामा जेभियर इन्टरनेशनल मोडल युनाइटेड नेशन्स (एक्सआइएमयुएन)को छैटौं संस्करण सुरु भएको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमबीच छैटौं संस्करणको एक्सआइएमयुएनको औपचारिक सुरुवात गरिएको हो ।
काठमाडौं । नेपाली फिल्मको अन्तर्राष्ट्रियकरणको चर्चाबीच पछिल्लो समय डायस्पोरामा फिल्म गतिविधि ब्यापकरुपमा आयोजना भैरहेका छन् । यस्तोमा, नेपाली क्यालेण्डरअनुसार साउन २७ गते (अगस्ट १२)मा अमेरिकाको न्यूयोर्कमा ग्लोबल नेपाली फिल्म अवार्डको छैटौं संस्करण आयोजना हुने भएको छ । अवार्डको मूल नारा नै ‘नेपाली चलचित्र गाउँदेखि विश्वसम्म’ तय गरिएको छ । न्यूयोर्कको क्वीन्सस्थित मेलरोज बलरुममा अवार्ड आयोजना […]
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ‘नेपाल चेम्बर एक्स्पो २०२३’को आयोजना गर्ने भएको छ । चेम्बरले जेठ ४ देखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी कक्षमा एक्स्पो आयोजना गर्ने भएको हो । मुलुक आर्थिक समृद्धितर्फ उन्मुख रहेकोले राष्ट्रको विकासका लागि निजीक्षेत्रको सक्रिय सहभागिताका लागि यो कार्यक्रम गरिन लागेको चेम्बरको भनाइ छ ।
देशको समग्र विकास, निजीक्षेत्रकोे सशक्तीकरणबाट मात्र सम्भव हुने चेम्बरको ठहर छ । चेम्बरले बिहीवार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘निर्यात प्रवद्र्धन, वैदेशिक लगानी आकर्षण र अन्तरराष्ट्रिय आर्थिक संगठन केन्द्रित क्रियाकलाप नै आर्थिक कूटनीतिको उद्देश्य हो ।’
छैटौं संस्करणको रूपमा सञ्चालन हुन लागेको एक्स्पोमा व्यापारिक अन्तरक्रिया, आयात–निर्यातको सूचना आदान–प्रदान तथा नेपाली उत्पादनको बजारीकरणमा विशेष जोड दिएको चेम्बरको भनाइ छ । अन्तरराष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक क्रियाकलाप, नवीन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामलाई नजिकबाट नियाल्न एक्स्पो सहयोगी बन्ने चेम्बरले बताएको छ ।
यस वर्ष पनि विगतमा जस्तै ‘मिनिस्ट्री अफ कमर्श एण्ड ईएपीबी बंगलादेश’को सहकार्यमा उद्योगी व्यवसायी सहभागी हुने भएका छन् । एक्स्पोमा अटोमोबाइल, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक, फ्लोरिङ, होम अप्लायन्सेस, फेसन वेयर एण्ड एसेसोरिज, गार्मेन्ट एण्ड टेक्स्टायल, मोबाइल एण्ड ग्यालेट्स, हाइड्रो, लजेस्टिक, ह्याण्डीक्राफ्ट एण्ड ह्याण्डलुम्स, सुज एण्ड लेदर आइटम, कस्मेटिक, डेरीप्रडक्ट लगायत सामग्रीको प्रदर्शनी गरिने आयोजकको भनाइ छ ।
एक्स्पोको अफिसियल इन्स्योरेन्स पार्टनर प्रभु इन्स्योरेन्स र इन्टरनेट पार्टनर क्लासिक टेक प्रालि रहेको बताइएको छ । एक्स्पोको सम्पूर्ण व्यवस्थापनको जिम्मा इन्ट्रोडक्सन ट्रेड सोज नेपाल प्रालिले लिएको बताइएको छ । एक्स्पोमा १५० भन्दा बढी स्टल रहने चेम्बरले जानकारी दिएको छ ।
नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौं संस्करण–२०२३ जुन २२ देखि २५ सम्म वासिङटन डिसीमा आयोजना हुने भएको छ । गैरनाफामुलक संस्था नेपाल–अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष यो महोत्सवको आयोजना...
विगत ६ वर्षदेखि हुँदै आएको ‘टुर दी पोखरा’को छैटौं संस्करण ‘थोपा थोपा ईन्धन बचाऔं’ भन्ने नाराका साथ यही पुस ६ गतेदेखि हुने जानकारी सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा दिइएको हो।...
‘मिस नेपाल यूएसए २०१८’का लागि २१ प्रतियोगी छानिएका छन् । प्रतियोगिताको यो छैटौं संस्करण हो । विभिन्न चरणको अडिसनबाट यी प्रतियोगी छानिएको कार्यक्रम व्यवस्थापनको जिम्मा लिएको अमेरिका नेपाल ११ इन्टरटेनमेन्टले जानकारी दिएको छ ।