चर्चित कुटनीतिज्ञ बर्नसलाई केन्द्रीय गुप्तचर प्रमुख बनाउने बाइडेनको तयारी

एजेन्सी । अमेरिकाको राष्ट्रपतिमा नवनिर्वाचित जो वाइडेनले चर्चित कुटनीतिज्ञ विलियम बर्नसलाई केन्द्रीय गुप्तचर प्रमुख बनाउने भएका छन् । केन्द्रीय गुप्तचर निकाय (सिआइए) को निर्देशकको रूपमा उनलाई नियुक्त गर्ने निर्णय भएको वाइडेनले सोमबार घोषणा गरेका हुन् ।सरकारी कर्मचारीका रूपमा झण्डै ३३ वर्ष सेवा गरेका बर्नस अहिले ६४ वर्षको भएका छन् । उनी यसअघि रूस र जोर्डनका लागि राजदूतसमेत भएका थिए । उनले डेमोक्र्याटिक र रिपब्लिकन दुवै पार्टीबाट निर्वाचित राष्ट्रपतिको मातहतमा रहेर काम गरिसकेका छन् ।उनलाई अमेरिकी