विराटनगर । विराटनगर महानगरपालिकामा एक सय ९३ वटा सहकारी संस्था दर्ता भएकामा ३६ सहकारी संस्था हराएका छन् । ती संस्थाबारे जानकारी नहुँदा र ठेगाना पनि प्रष्ट नहुँदा पैतिस दिनभित्र कारोबारको हिसाबकिताबसहित सम्पर्कमा आउन महानगरपालिकाले सूचना जारी गरेको हो ।