गठबन्धनका कारण काँग्रेसबाट उम्मेदवार उठ्न नपाएपछि वडा सभापतिले राजीनामा दिएर एमालेबाट उम्मेदवार बनेका छन् । गलकोट नगरपालिका–६ का सभापति भक्त नेपाली काँग्रेस परित्याग गरी एमालेबाट वडाध्यक्ष उठेका हुन् ।काँग्रेसले विचार नमिल्नेहरूसँग अप्राकृतिक गठबन्धन गरेको आरोप लगाउँदै नेपालीले एमाले रोजेको बताए । उनी मात्रै होइन, जैमिनी नगरपालिकामा एमालेबाट उपप्रमुखमा उम्मेदवारी दिएकी यमुना देवी शर्मा पनि नेपाली काँग्रेसको क्षेत्रीय प्रतिनिधि हुन् ।उनी यसअघि महिला संघको सचिव समेत भएर काम गरिसकेकी छिन् । श