मधेस प्रदेशमा राष्ट्रियसभा निर्वाचनको तयारी पूरा

यही माघ १२ गते हुन लागेको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मधेस प्रदेशमा सम्पूर्ण तयारी पूरा भइसकेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनमा प्रदेशभरका मतदाताले जनकपुरधाममै मतदान गर्ने व्यवस्था मिलाइएको छ । राष्ट्रिय सभा निर्वाचनमा मधेस प्रदेशका ८ वटै जिल्लाका ३७२ जना मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जनाए । निर्वाचनमा प्रयोग हुने मतपत्र समेत आइसकेको उनले रातोपाटीलाई जानकारी दिए ।निर्वाचनमा हरियो र रातो रङको मतपत्र प्रयोग हुने उनको भनाइ छ । उनल