गैँडाको खाग तस्करीको अभियोगमा सजाय पाएका एक व्यक्ति १४ वर्षपछि पक्राउ परेका छन् ।
बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार बर्दिया राजापुर नगरपालिका–१ (साविक गोला–४)का रामफल सोनाहा पक्राउ परेका हुन् ।
उनलाई बर्दिया निकुञ्जको विशेष टोलीले पक्राउ गरेको हो । सोनाहालाई गैँडा मारेर खाग ओसारपसार तथा खरिदबिक्री कसूरमा दोषी पाइएपछि अदालतले ६ वर्ष कैद र एक लाख जरिवाना तोकेको थियो ।