नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो प्यानलबाट सहमहामन्त्री पदमा लड्ने उम्मेदवारको नाम टुंगो लगाएका छन् । प्रधानमन्त्री समेत रहेका देउवा समूहको शनिबार बालुवाटारमा बसेको बैठकले सहमहामन्त्रीको नाम टुंगो लगाएको हो। जसअनुसार सहमहामन्त्रीमा जनजातीबाट भीष्मराज आङ्देम्बे, दलितबाट मानबहादुर विश्वकर्मा, मधेसीबाट महिन्द्र यादव, खस आर्यबाट किशोर सिंह राठौर, थारुबाट उमाकान्त चौधरी, मुस्लिमबाट फर्मुल्लाह मन्सुर उम्मेदवार रहने भएका छन् । यस्तै पिछडिएको क्षेत्रबाट जीवन शाही र महिलाब