आज दशैँ मनाउँदै थारु समुदाय

दाङ – दाङ सहित पश्चिम तराईका थारु समुदायले आज दशैँ पर्व मनाइरहेका छन् । दाङका थारु समुदायले टीका जमरा लगाउनुका साथै नाचगान गरेर रमाइलो गरिरहेका छन् । उनीहरुले चामलको पिठोको सेतो टीका र मकैको जमरा लगाउने गर्दछन् । महाभारत युद्ध गर्न जाँदा भिम पक्षलाई विजयको कामना गर्दै टीका लगाएर बिदाइ गरेको सम्झनामा थारु समुदायले नवमीको दिन टीका लगाउने गरेको थारु अगुवाहरु बताउँछन् । दिवंगत बाबुआमाको सम्झनामा ‘पित्तर’ दिने प्रचलन समेत यो पर्वमा हुन्छ । पूजाआजा पछि गाउँका महतवाले आफ्नो गाउँका थारु समु...

सम्बन्धित सामग्री

माघीको तयारीमा थारु समुदाय

कैलाली – थारू समुदायको सबैभन्दा ठूलो पर्व माघी नजिकिएसँगै सो समुदाय तयारीमा जुटेको छ। खाद्यान्नको जोहो गर्ने, दुना टपरी बनाउने, दाउरा सङ्कलन गर्ने, तेल पेल्ने, घर लिपपोत, आँगन सरसफाइलगायत काममा थारु समुदाय व्यस्त छ। धनगढी उपमहानगरपालिका–३ का शेरबहादुर चौधरी माघीमा विशेष गरी बङ्गुरको मासु, माछा, घोंगी, गंगटोलगायत खाने चलन रहीआएकाले त्यसको तयारीमा जुटेको बताउँछन्। यस […]

माघी नजिकिएसँगै तयारीमा जुटे थारु समुदाय

कैलाली– थारू समुदायको सबैभन्दा ठूलो पर्व माघी नजिकिएसँगै सो समुदाय तयारीमा जुटेको छ । खाद्यान्नको जोहो गर्ने, दुना टपरी बनाउने, दाउरा संकलन गर्ने, तेल पेल्ने, घर लिपपोत, आँगन सरसफाइलगायत काममा थारु समुदाय व्यस्त छ । धनगढी उपमहानगरपालिका–३ का शेरबहादुर चौधरी माघीमा विशेष गरी बङ्गुरको मासु, माछा, घोंगी, गंगटोलगायत खाने चलन रहीआएकाले त्यसको तयारीमा जुटेको बताए […]

थारु समुदाय कञ्चनपुरका निर्णायक मतदाता

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कञ्चनपुर जिल्लामा थारु समुदायका मतदाता निर्णायक छन् । जिल्लामा तीन प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र र छ प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र छन् । निर्णायक मतदाताका रुपमा रहेका थारु समुदाय यसपटक आफ्ना अधिकार सम्पन्न बनाउने उम्मेदवारलाई मत दिने जनाएका छन् ।घोषणापत्रमा थारु समुदायका मुद्दालाई प्राथमिकतामा राख्ने राजनीतिक दल र …

दशैँका लागि घर सजाउँदैछन् कञ्चनपुरका थारु समुदाय

दाेधारा चाँदनी- यतिबेला कञ्चनपुरका थारु समुदाय दशैँका लागि घर सजाउन व्यस्त छन्। अहिले घर चिटिक्क पार्ने, आँगन सजाउने, माछामासु र दाउराको जोहो गर्ने र किनमेल गर्नेजस्ता कार्यमा यो समुदायका महिला व्यस्त भएका हुन्। जिल्लाको भीमदत्त नगरपालिका- १८ की देवी चौधरी घर लिपपोत गर्न व्यस्त छिन्। थारु समुदायमा दशैँमा घर लिपपोत गरेर सजाउनु अनिवार्यजस्तै मानिन्छ। ‘अहिले […]

माछा मार्दै थारु समुदाय

काठमाडौँ,२ असोज । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का राना थारु समुदायका महिला तथा बालबालिकाहरु स्थानीय खोलामा माछा मार्दै । वर्षाले खबरे खोलामा जलस्तर बढेपछि यहाँ माछा मार्न स्थानीयहरु सक्रिय हुन्छन् । तस्बिर : शेरबहादुर सिंह, रासस

अट्वारी पर्व मनाउँदै थारु समुदाय

दाङ सहितका थारु बाहुल्यता रहेको जिल्लाहरूमा अट्वारी पर्व आइतबार धुमधामका साथ मनाइरहेका छन् । थारु समुदायको दोस्रो ठूलो पर्वका रुपमा रहेको अट्वारी कुशै औंशी पछिको पहिलो आइतबार पर्व मनाइन थालिइएको हो । दाङसहित बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत थारु समुदायको बसोबास रहेका जिल्लाका थारु समुदायमा कुसे औंसी पछिको पहिलो आइतबार यो पर्व मनाउन थालेको हो । […]

रैब पर्व मनाउँदै थारु समुदाय

५ भदौ, काठमाडौं । पूर्वी नेपालका थारु समुदायले आज रैब पर्व मनाउँदै छन् । पश्चिम नेपालका थारु समुदायले भने आज ‘बड्का अट्वारी’को रुपमा यो पर्व मनाउँदै छन् । हरेक वर्ष भदौ महिनाको पहिलो आइतबारदेखि रैब पर्व सुरु हुन्छ र ठाउँ अनुसार भदौ महिनाभर पर्ने आइतबारलाई रैब दिन वा रैब पर्वका रुपमा मनाउने गरिन्छ । थारु […]

देवता मनाउँदै थारु समुदाय

काठमाडौं । पश्चिम तराईका थारु समुदायले देवतालाई मनाउन पुरानै संस्कार अपनाउँदै आएका छन् । बर्खामा पानी नपरेपछि थारु समुदायका पुरुषले महिलाको पोशाक लगाउने र महिलाले पुरुषको पाशाक लगाएर गाइया बेहेर्न अर्थात गाई छेक्ने चलन छ । देवतालाई मनाउन आफ्नो परम्परा अनुसार हरेक जातिको संस्कार र पूजा गर्ने शैली फरक–फरक छन् । त्यस्तै, पश्चिम तराईका थारु […]

मेडरी नाच लोप हुने चिन्तामा थारु समुदाय

कावासोती, १ मंसिर । पूर्वी नवलपरासीमा थारू समुदायको बाहुल्यता छ । थारू समुदायको आफ्नै मौलिक कला र संस्कृति छ । ती कला र संस्कृतिको जगेर्ना गर्न थारू समुदायका अगुवाले पहल गर्दै आएका छन् । यति गर्दागर्दै पनि उनीहरुको पुरानो मेडरी नाच लोप हुने अवस्थामा छ । थारू समुदायका अन्य नाच युवापुस्ताले जगेर्ना गर्दै आएको भए […]

अष्टमीको दिन थारु समुदाय ढिक्री पूजा

कञ्चनपुर– कञ्चनपुरका थारु समुदाय देउता जगाउनका लागि अष्टमीका दिन ढिक्री पूज्ने कार्यमा सङ्लग्न भएका छन्। घरका मूली महिला र पुरुषले दिनभर व्रत बसी ढिक्री पूज्ने कार्य गर्दै आएका छन्। देउतालाई नुहाई नयाँ दियो बालेर गोलो ढिक्री, बाबरी, जमरा, मदिरा र जल चढाएर पूजा कार्यमा सङ्लग्न भएको शुक्लाफाँँटा नगरपालिका–३ का सुमन चौधरीले बताए। ‘कुभिण्डोको भेडाको प्रतिमा […]