डण्डी उद्योगि भन्छन्, ‘जनार्दन शर्माको निर्णय सही छ तर, कुलमान बाधक देखिए’

अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत फलामे डण्डी तथा छड उद्योगबारे ल्याएको नीतिले फलाम व्यवसायी विभाजित भएका छन्। नेपालमा नै फलाम बनाउने र करिब करिब फलाम नै नेपाल आयात गर्नेहरु प्रतिस्थापन बिधेयकको व्यवस्थालाई लिएर विभाजित भएका हुन्। स्पन्ज आइरन अर्थात नेपालमै फलाम उत्पादन गर्ने र तयारी स्टिल अर्थात करिब करिब फलाम नै आयात गर्ने उद्योगबीच भन्सारदरमा हाल करिब ४.७५ प्रतिशत भिन्नता कायम गरिएकाले अहिले उद्योगिहरु विभाजित भएका हुन्। विलेट आयात गरि नेपालमा फलाम व्यवसाय गर्नेहरु सरकारले ल्याएको नीतिप्रति असन्तुष्ट छन् भने नेपालमा नै विलेट उत्पादन गरि फलाम उद्योग चलाउनेहरु भने यो निर्णयलाई स्वागत गरेका छन्।   तर सरकारको निर्णयको बिरोध गर्ने अर्थात नेपालमा विलेट आयात गरि फलाम उद्योग चलाउनेहरु यो निर्णयले नेपालकै बिजुली प्रयोग हुने, रोजगारी बढ्ने लगायतका कुरा नकार्न सकेका छैनन् । कति थपिन्छ बिजुलीको खपत ?नेपाल रोलिङ्ग मिल्स एशोसिएसनले बिजुलीको खपत स्वदेशभित्रै बढाउने गरी यो नीति ल्याउन वर्षौदेखि आफूहरुले लविङ गरेको दाबी गरेको छ । उद्योगी साहिल अग्रवाल (संस्थापन) नेतृत्वको एसोसियसनले सोमबार साँझ एक विज्ञप्ति नै जारी गरेर अर्थमन्त्री शर्माको यो नीतिले तत्कालै ६ अर्ब रुपैयाँ हाराहारीमा लगानी थपिने २२० मेगावाट विद्युत खपत बढ्ने दाबी गरेको छ ।उद्योगी अशोक मुरारका यो नीतिले २० वटा उद्योग खुल्ने र अहिले भारतबाट तयारी बिलेट आयात गरेर फलामे डण्डी बनाउने उद्योगहरु पनि निकट भविष्यमा नेपालमै बिलेट उत्पादन गर्नेतर्फ लाग्ने दाबी गर्छन् ।एसोसियसनले त अझ १ करोड ५० लाख लिटर फर्नेस आयलको खपत घटाई नेपाली विद्युतले त्यसको प्रतिस्थापन गर्दा ४५० करोड रुपैयाँ स्वदेशी पूँजी बचत हुने दाबी पनि गरेको छ।अहिले सरकारले लिएको नीतिले नेपालमा थप बिलेट उत्पादक उद्योग खुल्ने र अहिले पनि थप ३ वटा उद्योग पाइपलाइनमा रहेका छन्। यो निर्णयकै कारण विलेट आयात गर्दा विदेश बाहिरिने झन्डै ४० अर्ब रुपैयाँ नेपालमै रहने र थप २० औं हजार नेपालीले नेपालमै रोजगारी पाउने सरकारको निर्णय समर्थन गर्नेको दाबी छ। यो पनि:- पत्रकार सम्मेलन गर्ने समूहलाई डण्डी उत्पादक संघको संस्थापन पक्षको ‘काउण्टर’- १२ कारण दिँदै स्टील विलेट उत्पादकले भने, ‘केही डण्डी उद्योगीको हल्लामा विश्वास नगरौँ- साहिलमाथि २५ उद्योग बन्द हुने नीति ल्याउन लविङ गरेको आरोप - डण्डी उद्योगीहरुको २ धार, साहिल अग्रवालद्वारा पत्रकार सम्मेलन बहिष्कारजनार्दन शर्माको निर्णयमा कुलमान बाधक   स्पञ्ज आइरनको आयातमा भन्सार शून्य गरेर लगानी आकर्षण गर्ने नीति अर्थमन्त्री शर्माको भएपनि यसमा नेपाल विद्युत प्राधिकरण बाधक बनेको छ । प्रतिस्थापन विधेयकमार्फत अर्थमन्त्री शर्माले ल्याएको बजेटले नेपालमै बिलेट उत्पादन गर्न प्रोत्साहन गर्ने देखिएपनि प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले नेपाली उद्योगहरुलाई बिजुली दिन आनाकानी गर्ने गरेकाले यो नीति कार्यान्वयन हुनेमा उद्योगीहरु आशंका व्यक्त गर्छन्। कुलमान अहिले नेपाली उद्योगहरुलाई भन्दा सस्तो दरमा बिजुली बेच्न बिहार तिर बजार खोज्दै हिडेका कारण आफूहरुले शंका गर्नुपरेको उद्योगी अशोक मुरारका बताउँछन् । ‘बिहारमा नेपालको बिजुली बेच्न प्रति युनिट ८ रुपैयाँ ५० पैसामा प्रस्ताव गरेको सुनिएको छ’ मुरारका भन्छन्, ‘तर, त्यही मूल्यमा हामीलाई देउ भन्दा कुलमान मान्दैनन्, इन्डियामा बेच्न प्रस्ताव गरेको मूल्यमा नेपालकै उद्योगहरुलाई बिजुली दिए खपत बढ्छ, बजार खोज्दै हिड्नु पनि पर्दैन ।’‘एकातिर बिजुली खेर जाने जोखिम छ, अर्कोतिर उद्योगहरुले मलाई देउ भनिरहेका छन्’ मुरारका थप्छन्, ‘तर, कुलमान भारतीय बजार खोज्दै हिड्नु भएको छ, नेपाली उद्योगहरुलाई बिजुली दिन उहाँलाई के समस्या छ ? किन तयार हुनु भएको छैन ? हामीले बुझ्न सक्या छैनौँ ।’

सम्बन्धित सामग्री

कुलमान घिसिङलाई सुकीर्तिमय राष्ट्रदीप पदक

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सुकीर्तिमय राष्ट्रदीप पदक पाउने भएका छन् ।

चिन्ता मात्र गरेर बसेको भए नेपालमा अझै लोडसेडिङ भइरहन्थ्यो : कुलमान घिसिङ

चिन्ता मात्र गरेर बसेको भए नेपालमा अझै लोडसेडिङ भइरहन्थ्यो : कुलमान घिसिङ

जब सन्यासी भेषमा प्रकट भए कुलमान…

काठमाडौं । सधैंजसो औपचारिक पहिरनमा ठाँटिएर आफ्नो कार्यथलोमा व्यस्त रहने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ यसपालि भने फरक रुपरंगमा प्रकट भए । गेरुवस्त्र धारण गरेर उनी उन्मुक्त नाचिरहेका देखिए, ओशो तपोवनमा । जसै कुलमान सन्यासी स्वरुपमा प्रकट भए, सामाजिक सञ्जालमा सानोतिनो तरंग ल्यायो । आफ्नो कर्म, दृढता र कार्यदक्षताको धरातलमा उभिएर कुलमानले समाजमा […]

माओवादीले मेरो फोटो दुरुपयोग गर्यो : कुलमान

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङले माओवादी केन्द्रले चुनावी प्रचारमा आफ्नो तस्बिर राखेर दुरुपयोग गरेको बताएका छन्। माओवादीले स्थानीय तह निर्वाचनमा कुलमान घिसिङसहितको चुनावी प्रचार अभियानको पोस्टर सार्वजनिक गरेपछि उनको चौतर्फी आलोचना भइरहेको छ। माओवादी केन्द्रले निर्वाचन आचारसंहिताविपरीत सरकारी कर्मचारीको पोष्टर सार्वजनिक गरेको छ। आयोगले स्थानीय तह निर्वाचनको आचारसंहिता लागू गरिसकेको छ। माओवादीको चुनावी प्रचारमा कुलमान घिसिङथाहाखबरसँगको संक्षि

कुलमान घिसिङको संघर्ष : राजको ‘बादलहरु’मा उज्यालोको कथा

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक तथा उज्यालो नेपालका अभियन्ता कुलमान घिसिङको संघर्ष समेटिएको म्युजिक भिडियो  सार्वजनिक गरिएको छ ।  राज के गोस्वामीको स्वर रहेको ‘बादलहरु’ बोलको गीत सार्वजनिक कार्यक्रमा कुलमान स्वयं उपस्थित हुनुहुन्थ्यो । यो गीतको रचना अभिनेत्री सुरक्षा पन्तले गर्नु भएको हो भने संगीत मानव सुवेदीको रहेको छ । कार्यक्रमा बोल्दै कुलमान घिसिङले आफ्नै […]

कुलमानलाई धादिङबाट चिठी “कुलमान तिमी नबोल”

सुदिप सिंखडा कुलमान तिमी नबोल, कुलमान तिमी नहेर, कुलमान तिमी नसुन, तिमी तिम्रा आखाँमा वाहा वाहीको पट्टी बाधि बस, कानमा तिम्रा जय जयकारका धुन गुन्जाई बस, तिमी चयनको निन्द्रा सुत यहाँ मेरा बचेराहरू दिनमै अन्धकारमा रूमलिरहेछन्, तिमी आराम गर, तिमीलाई थाहा छ म को हु, जान्न चाहान्छौ ? म तिम्रै छिमेकी । म धादिङ । […]

सांसदको प्रश्न : कुलमान बुढो भएपछि सरकारले के गर्छ ?

माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले विद्युत् प्राधिकरणमा पुनः कुलमान घिसिङ नियुक्तिमाथि प्रश्न उठाएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले अघिल्लो सरकारले हनुमान मात्र देख्ने र अहिलेको सरकारले कुलमान मात्रै देख्ने गरेको भन्दै कटाक्ष गरे । उनले भने– ‘पुरानो सरकारले हनुमान मात्र देख्यो, नयाँ सरकारले कुलमान मात्र देख्यो । यसको मतलब मैले कुलमानलाई हनुमानसँग दाँज्न खोजेको हैन । हनुमानले त हाम्रो कर्णाली स्वास्थ्य अध्ययन प्रतिष्ठान धुजा धुजा पारिसक्यो ।

कुलमान घिसिङलाई नियुक्ति गर्ने प्रस्ताव अस्वीकृत

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्ति गर्ने ठाडो प्रस्ताव अस्वीकृत गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लगेको ठाडो प्रस्ताव अस्वीकृत गरेको हो । मन्त्री भुसालले प्रधानमन्त्री शेरबहादुर देउवाले गत साता नै विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई पुनः नियुक्त गर्ने प्रक्रिया सुरु गर्न निर्देशन […] The post कुलमान घिसिङलाई नियुक्ति गर्ने प्रस्ताव अस्वीकृत appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.