हिरासत र कारागारमा भएका आत्महत्यासम्बन्धी प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

गृह मन्त्रालयले तीन स्थानका हिरासत कक्ष तथा कारागारमा भएको आत्महत्यासम्बन्धी छानबिन गर्न बनाएको समितिले मंगलबार प्रतिवेदन बुझाएको छ । गृहमन्त्री बालकृष्ण खाणलाई छानबिन समितिका संयोजक सहसचिव थानेश्वर गौतमले प्रतिवेदन बुझाएका हुन् । गौतमको संयोजकत्वमा गठित नेपाल प्रहरीका एसपी प्रविण पोखरेल, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक विकास पाण्डे र कारागार व्यवस्थापन विभागका शाखा अधिकृत गणेश गौतम सदस्य रहेको छानबिन समितिले छानबिनबाट भेटिएका प्रमाणले तीनै स्थानमा आत्महत्या भएको पुष

सम्बन्धित सामग्री

हिरासत फोडेर भागेका थप एकजना पक्राउ, एकजना अझै फरार

काठमाडौँ- धनुषाको महेन्द्रनगर इलाका प्रहरी कार्यालयको हिरासत फोडेर लामो समयदेखि फरार एक थुनुवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका ७ का ३६ वर्षीय शंकर महतो रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले बताए। उनका अनुसार गौतमलाई शनिबार राति ८ बजे पर्साको वीरगञ्ज महानगरपालिका – १६ इनर्वास्थित भन्सार हुँदै लुकीछिपी नेपालबाट भारततर्फ भाग्ने क्रममा […]

हिरासत फोडेर भागेका २ थुनुवा अझै पक्राउ पर्न सकेन

३ फागुन, जनकपुरधाम । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत फोडेर भागेका दुई थुनुवा अझै पक्राउ पर्न सकेका छैनन् । पुस १५ गते राति हिरासत फोडेर विभिन्न मुद्दाका ६ जना थुनुवा फरार भएका थिए । जसमध्ये योजनाकारसहित चारजनालाई प्रहरीले एक साताभित्रै पक्राउ गर्न सफल भएको थियो । तर, दुई सात्ता बित्दासमेत हातहतियार तथा खरखजाना […]

तिहारका जुवाडेले भरिए काठमाडौं र भक्तपुरका प्रहरी हिरासत

दसैँमा चोरीका अभियुक्तले भरिभराउ उपत्यकाका प्रहरीको हिरासत कक्ष तिहारमा जुवाडेले भरिएका छन् । काठमाडौं र भक्तपुरबाट मात्रै दुई सय ४३ जुवाडे पक्राउ परेका हुन् । ललितपुरबाट भने एकजना पनि पक्राउ नपरेको प्रहरीले...

हिरासत कक्षको शौचालयमा झुण्डिएर थुनुवाको मृत्यु

इलाका प्रहरी कार्यालय टीकापुरको हिरासत कक्षमा रहेका एक थुनुवाको शव फेला परेको छ । हिरासत कक्षकै शौचालयमा सुर्खेत चौकुने गाउँपालिका–३, बेतान बस्ने वर्ष ३५ का धनबहादुर रानाको शव फेला परेको हो । आइतबार कैलालीको जानकी गाउँपालिका–१ तोरैयापुर निवासी पुलुराम थारुको भैंसी चोरी भएपछि खोजतलाश गर्दै जाँदा कैलाली लम्कीचुहा नगरपालिका वडा नम्बर ५ थापापुरस्थित झुलुङ्गे पुल नजिक उक्त चोरी गरेको भैंसीसहित धनबहादुर रानालाई फेला पारेपछि सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।प्रहरीका अनु

प्रहरी हिरासत भित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा मृत भेटिए एक व्यक्ति

शौचालय भित्र गएका राना मगर लामो समयसम्म बाहिर नआएपछि हिरासतमा रहेका अन्य व्यक्तिहरुले प्रहरीलाई खबर गरेको डिएसपी सापकोटाले बताए। हिरासत भित्र थप पाँच जना समेत रहेका छन्। उनका अनुसार शौचालयको ढोका फोडेर हेर्दा राना मगर आफ्नो गन्जी (भित्री वस्त्र) को पासो ल...

हिरासत कक्षबाट फरार रहेका थुनुवा पक्राउ

हिरासत कक्षबाट फरार रहेका थुनुवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा नवराजपुर गा.पा.वडा नं.१ बस्ने वर्ष ३४ को राम प्रकाश भन्ने पशुपति यादव रहेका छन् ।लागू औषध मुद्दाको अनुसन्धानको सिलसिलामा ईलाका प्रहरी कार्यालय लहानको हिरासतमा यादव असार २६ गते बिहान हिरासत कक्षको प्यासेजको झ्यालको ग्रिल तोडी भागी फरार रहेको थिए । ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले आज बिहान ५ बजेको समयमा जिल्ला सिरहा सखुवानान्कारकट्टी गा.पा.वडा नं.१ मौवाहीको लच्कापुलबाट पक्राउ गरेको हो ।

धनुषामा प्रहरी हिरासत कक्षमा एक जना थुनुवा मृत फेला

१५ साउन, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षमा एक जना थुनुवा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । थुनुवा कक्षमा राखिएका धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–२ सिनुरजोडा घर भएका पल्टु रविदास मृत फेला परेका हुन् । रविदास आफैंले लगाएको गञ्जीलाई पासो बनाई हिरासत कक्षको शौचालयभित्र झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । उनले आत्महत्या गरेको […]

थुनुवाको आचरण परिवर्तन गर्न हिरासत कक्षमा पुस्तकालय

विभिन्न मुद्दामा न्यायिक हिरासतमा रहेका थुनुवा बन्दीलाई आचरण र व्यवहारमा परिवर्तन गर्न सहयोग पुर्‍याउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलले हिरासत कक्षमा नै पुस्तकालय स्थापना गरिएको छ ।  ‘आचरण व्यवहारमा परिवर्तनका लागि हातहातमा किताब’ भन्ने नाराका साथ कार्यालयले पुस्तकालय स्थापना गरेको हो ।  वाग्मती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले सोमवार उद्घाटन गर्दै पुस्तकालयले उत्प्रेरणा र मनोवृत्ति परिवर्तन गर्ने, ज्ञानका कुरा सिक्ने तथा समयको पनि उचि...