कृष्णभीरको नयाँ ट्र्याक निर्माण अन्तिम चरणमा, असोज १ देखि पूर्ण रूपमा यातायात सञ्चालनको तयारी

पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएपछि निर्माण थालिएको नयाँ ट्र्याक अन्तिम चरणमा पुगेको छ। थप पहिरो वा अन्य समस्या नआए असोज १ गतेदेखि नयाँ ट्र्याकबाट नियमित रूपमा यातायात सञ्चालन गर्ने तयारी गरिएको छ। आइतबार भित्तातर्फको कटिङ तथा सडक सम्याउने काम सम्पन्न गरी परीक्षणका रूपमा केही सवारीसाधन आवतजावत गराइएको थियो। परीक्षण सफल […]