माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार

बाढीका कारण प्रभावित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–४ टनेलबाट एक जना चिनियाँ नागरिकको उद्धार गरिएको छ। नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले केहीबेरअघि उक्त टनेलबाट उनलाई सकुशल उद्धार गरेको हो। उद्धार गरिएका चिनियाँ नागरिकलाई नुवाकोटको त्रिशूलीस्थित मैथिली ब्यारेकमा ल्याइँदैछ। उनलाई भोटेकोशीमा बाढी आएको ११औँ दिनमा टनेलबाट उद्धार गरिएको हो।