केपी ओली चढेको हेलिकप्टर सिमरामा आकस्मिक अवतरण

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चढेको हेलिकप्टर बाराको सिमरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ।रौतहटको गौरमा आयोजित कार्यक्रममा सहभागी हुन काठमाडौंबाट जाने क्रममा मौसम खराबी भएपछि ओली चढेको हेलिकप्टर आकस्मिक अवतरण गरिएको हो। अत्यधिक वर्षाका कारण गौर पुग्न नसक्ने भएपछि सिमरा विमानस्थलमा सुरक्षित रुपमा अवतरण गरिएको बताइएको छ।ओली करिब ४५ मिनेट विमानस्थलमा रोकिएपछि रौतहटतर्फ लागेको एमाले नेता मनोज पौडेलले जानकारी दिए।

सम्बन्धित सामग्री

केपी ओली सिमरा विमानस्थलको भीआईपी कक्षमा डेढ घण्टा एक्लै

सधैँ नेता, कार्यकर्ताको भिडमा देखिने पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सोमबार सिमरा विमानस्थलमा एक्लै थिए । उनी करिब डेढ घण्टा विमानस्थलको भीआइपी कक्षमा एक्लै रहे ।पार्टी प्रवेश कार्यक्रमका लागि रौतहट जाने क्रममा मौसम खराबीका कारण एक्कासी हावाहुरीसहित पानी परेपछि ओली चढेको हेलिकप्टर सिमरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो । पूर्व जानकारीबिनै पूर्वप्रधानमन्त्री ओली विमानस्थलमा आएपछि सुरक्षाकर्मी समेत अचम्मित भए । ‘हामीलाई त एक्कासी पूर्व प्रधानमन्त्री ओली सिमरा व

केपी ओली चढेको हेलिकप्टर किन भयो आकस्मिक अवतरण ?

काठमाडौं । पार्टीको कार्यक्रमका लागि रौतहट जाने क्रममा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली चढेको हेलिकप्टर सिमरा एयरपोर्टमा आकस्मिक अवतरण भएको छ । हावाहुरीका कारण सिम्रिक एयरको हेलिकप्टर आकस्मिक अवतरण भएको बारा प्रहरी प्रमुख होबिन्द्र बोगटीले जानकारी दिए । करिब आधा घण्टा विमानस्थलमै रोकिएपछि ओली रौतहट प्रस्थान गरेका उनले बताए ।