राष्ट्रसंघको महासभाले युक्रेनका चार क्षेत्रलाई रुसमा विलय गर्ने रुसी कार्यको निन्दा गर्ने प्रस्तावको पक्षमा मतदान गरेको छ । प्रस्तावलाई १४३ देशहरूले समर्थन गरेका थिए । चीन र भारतसहित ३५ देश मतदानमा सहभागी भएनन् । रुससहित बेलारुस, उत्तर कोरिया, सिरिया र निकारागुवाले भने प्रस्तावको विपक्षमा मतदान गरेका थिए ।गत साता क्रेमलिनमा आयोजित एक भव्य समारोहमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनी क्षेत्रहरू लुहान्स्क, दोनेत्स्क, जापोरिजिया र खेरसनलाई रुसमा गाम्नेसम्बन्धी एउटा दस्तावेजमा हस्ताक्ष