महोत्तरी – महाेत्तरीमा समाचार सम्प्रेषण गरेको भन्दै एक जना दलालले रेडियोकर्मीलाई ज्यान मार्ने धम्की दिएका छन् ।
विदेश पठाइदिन्छु भन्दै महोत्तरीका ११ जनासँग एक लाख तीस हजार रुपैयाँका दरले रकम उठाएर फरार भएका कुन्दकुमार मिश्राले स्थानीय रेडियोका पत्रकार नागेन्द्र साहलाई फोनमार्फत ज्यान मार्ने धम्की दिएका हुन् ।
११ जना युवा दलालबाट ठगिएको समाचार रेडियोमा प्रसारण गरेको भन्दै धम्की आएको पत्रकार साहले बताउनुभयो । दलाल मिश्राले केही समयअघि टिपर दुर्घटनामा ज्यान गुमाएका महोत्तरीका एक रेडियोकर्मीलाई आफूले हत्या गरेको भन्दै ...