निर्वाचनका लागि तयार रहन कार्यकर्तालाई सभापति देउवाको निर्देशन

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटन वा पुनःस्थापना जे भए पनि अदालतको निर्णयको पर्खाइमा कांग्रेस रहेको बताएका छन् । सडकमा आन्दोलन गरेर र धम्क्याएर आफ्नो पक्षमा फैसला गर्न लगाउने प्रवृत्ति गलत रहेको स्पष्ट गर्दै उनले अदालतको फैसला कांग्रेसलाई मान्य भएको बताए । कांग्रेस केन्द्रीय खेलकुद विभागद्वारा सिन्धुपाल्चोकको बाह्रबिसे–३ मा आयोजित प्रथम कोमलमाया–खडक बस्नेत स्मृति फूटबल प्रतियोगिताको समापन समारोहमा बोल्दै सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीबाट गरिएको प्रतिन...