गृहमन्त्री बालकृष्ण खाणले विपद्को सामना एकीकृत प्रयासबाट मात्रै सम्भव हुने बताएका छन् । मनसुन पूर्वतयारी प्रतिकार्य बैठकमा खाणले प्राकृतिक प्रकोपबाट जनधनको रक्षा गर्नु सरकारको मुख्य दायित्व भएकाले एकीकृत प्रयास गर्न आग्रह गरेका छन् । विपद्को जोखिम न्यूनिकरण गर्दै जनताको जीउधनको रक्षा गर्ने राज्यको मूल दायित्व पूरा गर्न ठूलो चुनौति रहेको भन्दै गृहमन्त्री खाणले सो चुनौती चिरेर अघि बढ्न सरोकारवालाहरूलाई निर्देशन दिएका छन् । भारी वर्षापछि आउने बाढी, पहिरो तथा हुने डुबानबाट रोक्ने रणन