एक महिनामै दुईवटा मोटरेवल पुल बनेपछि स्थानीय हर्षित

सोलुखुम्बु : विकास निर्माणका कार्य समयमै सम्पन्न नहुने समाचार बारम्बार प्रशारण, प्रकाशन भइरहेको समयमा हिमाली जिल्ला सोलुखुम्बुमा भने दुईवटा मोटरेवल पुल निर्माण गर्न एक महिना पनि लागेन। सोलुदुधकुण्ड नगरपालिका २ बेनीमा पक्की पुलको शिलन्यास गरेको २८ दिनमै उद्घाटनसमेत गरिएको छ।निर्माण अवधि सकिएको वर्षौं वर्षसम्म पनि काम लथालिङ्ग भएको खबर सुनेका सोलुबासीले एक महिनामै पुल निर्माण भएको देख्दा दंग परेका छन्। बेनी हाइड्रोपावरद्धारा सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर–२ जुनबेशी हुँदै बग्ने इडिङबासा र म