सामन्तवादी चिन्तनकै कारण नेपाली समाज पछाडि परेको लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले बताएका छन् । चीनको ७२ औँ राष्ट्रिय दिवसको अवसरमा नेपाल चीन मैत्री समाज लुम्बिनीले आज आयोजना गरेको कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले देश बनाउनेभन्दा पनि सत्तामा कसरी पुग्ने भन्ने प्रवृत्तिले देश पछाडि परेको धारणा व्यक्त गरे ।
प्रदेश प्रमुख शेरचनले चिनियाँ सहयोगमा स्थापित उद्योगले नेपालको आर्थिक विकासमा सहयोग पुगेको पनि बताए । सो अवसरमा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा हृदयरत्न बज्राचार्यले चिनसँगको छिमेकिपन र सम्बन्...