संविधान दिवसका अवसरमा ९ सय ९८ जनालाई विभूषण, सुशील कोइराला नेपाल रत्न र जीवराज आश्रित राष्ट्र गौरवबाट विभूषित

काठमाण्डाै - संविधान दिवसको अवसरमा ९ सय ९८ जनालाई मानपदवी, अलङ्कार र पदकले विभूषित गरिने भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ३१ गतेको निर्णय अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न मानपदवी, अलङ्कार र पदकबाट विभूषित गर्ने घोषणा गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । पदक पाउने व्यक्तित्वहरूको नामावली गृह मन्त्रालयले सार्वजनिक गरेको छ । नेपाल रत्न पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालालाई प्रदान गरिएको छ । त्यस्तै राष्ट्र गौरवबाट स्वर्गीय जीवराज न्यौपाने ‘आश्रित’, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रे...