नेप्सेमा झिनो सुधारसहित नयाँ आर्थिक वर्षको सुरुवात

सेयर बजार परिसूचक नेप्सेले झिनो सुधारसहित आर्थिक वर्ष २०७९/८० को शुरुवात गरेको छ । साताको पहिलो कारोबारका दिन समेत रहेको साउन १ गते नेप्से सूचक १.९३ अंकले बढ्दै २ हजार ११ दशमलव ३९ अंकमा उक्लिएको हो । यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ०.०२ अंकले बढ्दै ३८५.९३ अंकमा उक्लिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । १.९३ अंकले बढेको बजारमा आज १ अर्ब २३ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ । यस दिन बैंकिङ, ट्रेडिङ म्यानु एण्ड प्रो, जीवन बीमा र इन्भेष्टमेन्ट समूहको उपसूचक बाहेक ९ वटा उपस