स्ववियु निर्वाचनको तयारीमा नेविसंघ, वाल्मीकि विद्यापीठमा सुझाव संकलन तथा अन्तरक्रिया सम्पन्न (भिडिओसहित)

काठमाडौं, २३ माघ । नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले स्वतन्त्र विद्यार्थी युयिनको चुनावको तयारी थालेको छ। संघद्धारा गठित स्ववियु निर्वाचन २०७९ घोषणापत्र तयारी समितिको आयोजनामा आज काठमाडौंको प्रदर्शनीमार्गमा रहेको वाल्मीकि विद्यापीठमा सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको नेतृ पूजा फुयाँलले जानकारी दिईन् । सो क्रममा पुजन गन्धर्वले स्ववियू निर्वाचन महत्वपूर्ण रहेको सुनाए […]

सम्बन्धित सामग्री

कपिलवस्तुमा मिटर ब्याज सम्बन्धी ६४ वटा उजुरी

जिल्ला प्रशासन कार्यालयमा अनुचित लेनदेन मिटर ब्याज सम्बन्धी जाचबुझ आयोगसहित सरोकारवाला बिच मिटर ब्याज सम्बन्धी अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रममा सो जानकारी गराइएको हो।...

प्रहरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सुझाव संकलन

प्रहरीले सुरक्षा व्यवस्था प्रभावकारी बनाउन प्रदेशभर नागरिकहरूसँग छलफल र अन्तरक्रिया कार्यक्रम मार्फत सुझाव संकलन गरेको छ।...

प्रहरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सुझाव संकलन

प्रहरीले सुरक्षा व्यवस्था प्रभावकारी बनाउन प्रदेशभर नागरिकहरूसँग छलफल र अन्तरक्रिया कार्यक्रम मार्फत सुझाव संकलन गरेको छ।...

घोषणा पत्रमा सुझाव लिन माओवादीले विषय विज्ञसँग अन्तरक्रिया गर्ने

३१ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रले आसन्न आम निर्वाचनको घोषणा पत्र निर्माणका लागि सुझाव संकलन गर्न विषय विज्ञहरुसँग अन्तरक्रिया गर्ने भएको छ । शुक्रबार केन्द्रीय कार्यायलय पेरिसडाँडामा बसेको घोषणा पत्र निमार्ण समितिको बैठकले असोज ५, ६ र ७ गते काठमाडौंमा अन्तरक्रिया गर्ने निर्णय गरेको समिति सदस्य डिपी ढकालले जानकारी दिए । माओवादी केन्द्रका बरिष्ठ […]

राप्रपालाई विज्ञको सुझाव–घोषणापत्र शब्दको ठेली मात्रै बन्नु हुँदैन

राप्रपाले आगामी निर्वाचनको चुनावी घोषणापत्रमा समावेश गर्नुपर्ने विषयमा विभिन्न क्षेत्रका विज्ञहरुसँग सुझाव लिएको छ । बिहीबार काठमाडौंमा आयोजित सुझाव संकलन एवं अन्तरक्रिया कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले चुनावी घोषणापत्रमा जनताका सामु गर्न नसकिने तर शब्दको भण्डार खर्च गर्ने पक्षमा राप्रपा नरहेको बताउँदै जनअपेक्षा अनुरुपको प्रतिबद्धता लिएर  जनतामा जाने उल्लेख गरेका छन् । राप्रपा भन्नासाथ राजसंस्था, हिन्दु राष्ट्रको पुनःस्थापना पक्षधर राजनीतिक शक्ति हो भन्ने आम जनतालाई थाहा छ

बजेट सुझाव संकलन गर्दै प्रदेश सरकार

विराटनगर (अस) । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउनुपूर्व प्रदेशका १४ ओटै जिल्लाबाट रायसुझाव संकलन गर्न थालेको छ । बजेटमा समेट्नुपर्ने विषय तथा स्थानीय स्तरको आवश्यकताका योजनाबारे मसिनोसँग बुझ्ने र सरोकारवाला पक्षसँग छलफल र अन्तरक्रिया गरेरै बजेट बनाउने उद्देश्यले सुझाव लिन थालिएको हो । प्रदेशका सबै जिल्लाबाट सुझाव संकलन गर्न मन्त्री र उच्चपदस्थ सरकारी कर्मचारीसहितको टोली खटिएको आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिए । जिल्लामा स्थानीय तहका जनप्रतिनिधि र सरकारी कार्यालयका प्रतिनिधिबीच छलफल भई आगामी बजेटबारे सुझाव संकलन हुने उनले बताए । छलफलबाट स्थानीय तहको आगामी असार १० गते आउने बजेट निर्माणमा पनि पृष्ठपोषण र सहजीकरण हुने आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले असार १ गते बजेट ल्याउनेछ । प्रदेशका सबै जिल्लाबाट सुझाव संकलन गर्न मन्त्री र उच्चपदस्थ सरकारी कर्मचारीसहितको टोली खटिएको छ । बजेटसम्बन्धी छलफलका लागि ताप्लेजुङमा प्रदेश सरकारका सामाजिक विकासमन्त्री राजन राईको नेतृत्वमा मन्त्रालयका सचिव दीर्घराज मैनाली, आर्थिक मामिला तथा योजना मन्त्रालयका महाशाखा प्रमुख केशव कोइराला र शाखाप्रमुख योगेन्द्रनारायण चौधरीको टोली पुगेको छ । पाँचथरमा पर्यटन तथा संस्कृतिमन्त्री खिनु लुङ्वा लिम्बू, मन्त्रालयका सचिव किशोर चौधरी र प्रदेश लेखा इकाई कार्यालयका पृथ्वी लिम्बूको टोली पुगेको छ । इलाममा प्रदेश योजना आयोगका उपाध्यक्ष डा. पूर्णकुमार लोक्सम, प्रदेश लोकसेवा आयोगका सचिव बाबुराम खतिवडा र आर्थिक मामिला तथा योजना मन्त्रालयका महाशाखा प्रमुख प्रिती कर्णले छलफल गर्नेछन् भने भोजपुरमा सडक पूर्वाधार तथा सहरी विकासमन्त्री हिमाल कार्कीको नेतृत्वमा मन्त्रालयका सचिव मोहन चापागाईं, प्रदेश योजना आयोगका सदस्य प्रकाश राई र आर्थिक मामिला मन्त्रालयका महाशाखा प्रमुख ऋषिकुमार खनाल पुगेका छन् । यसैगरी ओखलढुंगामा हुने छलफलमा प्रदेश सरकारका स्वास्थ्यमन्त्री जयराम यादव, सचिव अनुज भट्टचन र आर्थिक मामिला मन्त्रालयका डम्बरप्रसाद घिमिरेले बजेटबारे छलफल र सुझाव संकलन गर्नेछन् । उदयपुरमा आार्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, आन्तरिक ममिला तथा कानुन मन्त्रालयका सचिव कालीप्रसाद पराजुली, प्रदेश लेखा इकाईका जीवनराज भण्डारीको टोलीले छलफल गर्नेछ । सुनसरीमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री ओमप्रकाश सरावगी, सचिव कृष्ण सापकोटा र प्रदेश योजना आयोगका सदस्य नारायण कोइराला, झापामा खानेपानी, सिञ्चाइ तथा ऊर्जामन्त्री रामकुमार राई, सचिव नवीनकुमार सिंह र आार्थिक मामिला तथा योजना मन्त्रालयका पुष्पलता उप्रेतीसहितको टोली छलफलमा सहभागी हुनेछ । मोरङमा हुने बजेट तर्जुमा कार्यक्रममा मुख्यमन्त्री राजेन्द्रकुमार राई, प्रमुख सचिव डा. रामप्रसाद घिमिरे, सचिव जय घिमिरेलगायत सहभागी हुनेछन् । संखुवासभामा हुने छलफलमा वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापा र सचिव संजीव राई, सोलुखुम्बुमा हुने छलफलमा यातायात तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरे र सचिव उद्धवप्रसाद रिजाल, तेह्रथुममा सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाम्फे र प्रदेश लेखा नियन्त्रक दामोदर खत्री, धनकुटामा उद्योग, श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङगाम र सचिव माधव पोखरेल तथा खोटाङमा कृषिमन्त्री झलकबहादुर मगर र सचिव मेघराज तिम्सिनाले छलफल गरी बजेटबारे सुझाब संकलन गर्ने मन्त्रालयले जनाएको छ ।

डिजिटल करेन्सीलाई कानूनी दायरामा ल्याउने गरी सुझाव संकलन हुँदै

काठमाडौं । डिजिटल करेन्सीलाई कानूनी दायरमा ल्याउन सुझाव संलकन थालिएको छ । नेपाल राजस्व परामर्श समितिका अध्यक्ष महेश दाहालले डिजिटल करेन्सीलाई कानूनी दायरामा ल्याउने गरी सुझाव संकलन भइरहेको उल्लेख गरे । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले राजस्व नीति सम्बन्धि आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा समितिले सरकारलाई विविध शीर्षकमा कर सम्बन्धि सुझाव दिदैं आएको जनाएको छ […]

आयोगले थाल्यो स्थानीय निर्वाचनको तयारी

निर्वाचन आयोगले स्थानीय निर्वाचनको सम्बन्धमा सरोकारवाला पक्षहरुसँग छलफल तथा अन्तरक्रिया गरी सुझाव संकलन गर्न थालेको हो।...

५ दललाई बुद्धिजीवीको प्रश्न : तपाईंहरुको गठबन्धन कहिलेसम्म टिक्छ ?

काठमाडौं । विभिन्न पेशागत सङ्गठनका बुद्धिजीवीहरुले विपक्षी पाँच दलीय गठबन्धनको भविष्यबारे प्रश्न उठाएका छन् । केपी सरकारविरुद्ध मोर्चाबन्दी गरेका कांग्रेस र राजपासहित तीन कम्युनिस्ट पार्टीसँगको सरकारविरोधी गठबन्धनबारे बुद्धिजीवीहरुले प्रश्न उठाएका हुन् ।सोमबार विपक्षी गठबन्धनले बुद्धिजीवीहरुको सुझाव संकलन गर्न नयाँ बानेश्वरमा गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरूले विपक्षी गठबन्धनको सैद्धान्तिक जग र आगामी यात्राबारे प्रश्न गरेका हुन् ।बुद्धिजीवीहरुसँगको छलफलमा काँग्रेस सभापति शेरबहादुर देउव

व्यवसाय र करमैत्री बजेट ल्याउन सुझाव

वीरगन्जका उद्योगी–व्यवसायीहरुले आगामी बजेट व्यावसाय र करमैत्री बनाउन सुझाव दिएका छन् । नेपाल सरकार अर्थ मन्त्रालय अन्तर्गतको राजस्व परामर्श समितिले बुधबार वीरगन्जमा आयोजना गरेको आगामी आर्थिक वर्ष २०७८÷०७९ को राजस्व नीति सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रममा सहभागीहरुले सरकारले सुझाव संकलन गरेर लाने तर त्यसलाई समेट्ने र प्रभावकारी कार्यान्वयन गर्नमा भने उदासिन देखिने गरेको गुनासो गरे […]