शकिवले लिए एनबी बैंक अध्यक्षको शपथ

नेपाल बंगलादेश (एनबी) बैंकको सञ्चालिक समितिका नवनिर्वाचित अध्यक्ष एआरएम नजमुर शकिवले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष सोमबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । शकिव गत २ गते अध्यक्ष चयन भएका थिए ।