हिँ कतै हिमाली ट्रक त कतै कच्चिको ट्याक्टर भनेर चिनिने खच्चडहरु यातायातको साधन र सडक सञ्जालको बिस्तार सँगै पछिल्लो समय लोप हुने अवस्थामा पुगेका छन् । सडक सञ्जाल नहुँदा साँघुरो सडकमा दुइतिर ठुलाठुला बोरा बोकेर घण्टी बजाउँदै गाउँ घरसम्म पुग्ने खच्चड अहिले देखिनै मुश्किल छ । हिमाली जिल्ला म्याग्दी भौगोलिक हिसाबले पनि दुर्गम नै छ । पछिल्लो समय सडक सञ्जालले म्याग्दीमा गाउँगाउँ उपस्थिति जनाउँदै गर्दा खच्चड भने हराउँदै गएका छन् ।