चन्द्रागिरि हिल्स लिमिटेडले कोरोना खोप लगाएर चन्द्रागिरी घुम्न जानेहरूलाई चन्द्रागिरि केवलकार यात्रामा २५ प्रतिशत छुटको घोषणा गरेको छ । उक्त सुविधाका लागि खोप कार्ड टिकट काउन्टरमा पेश गर्नुपर्ने समेत चन्द्रागिरीले जनाएको छ ।
विश्वव्यापी रूपमा फैलिएको कोभिड– १९ विरुद्ध दोस्रो चरणको खोप लगाउने कार्य पनि सुरु भइसकेको अवस्थालाई ध्यानमा राखेर खोप यस्तो व्यवस्था गरिएको लिमिटेडको भनाइ छ ।
यो योजना यहीँ मिति वैशाख ०९ गतेबाट शुरू भई जेठ १७ सम्मको लागि मान्य हुनेछ ।
ऐतिहासिक, साँस्कृतिक तथा प्राक...