नवलपरासी : लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सरकारले नागरिकलाई समृद्धिको अनुभूति गराउन काम गरिरहेको बताएका छन्।साथै उनले संघीयता पूर्ण कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताए।पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले निर्माण गरेको १५ शय्याको अस्पतालको भवन उद्घाटन गर्दै मुख्यमन्त्री केसीले नागरिकले अनुभूति गर्न नसके संघीयता धरापमा पर्ने बताए।भारतीय सीमाक्षेत्र नजिकका नागरिकको जीवनस्तर फेरिन नसकेको बताउँदै त्यसका लागि स्थानीय तहले विशेष योजना बनाएर जनपक्षीय काम गर्नुपर्ने उनले