शिक्षामन्त्री पौडेलले मागे विश्वविद्यालय सुधारका योजना

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालय सुधारका योजना मागेका छन्। मन्त्रालयमा त्रिभुवन विश्विद्यालयका उपकुलपतिसहितको छलफलमा मन्त्री पौडेलले सोमबार त्रिभुवन विश्वविद्यालय सुधारका योजना मागेका हुन्। ‘मन्त्रालयले विश्वविद्यालय सुधारका लागि योजना बनाइरहेको छ,’ मन्त्री पौडेलले भने, ‘देशका ८० प्रतिशत विद्यार्थी ओगटेको विश्वविद्यालयले नयाँ योजना दिनुपर्‍यो, हामी कार्यान्वयनको प्रक्रियामा लैजान्छौं।’ मन्त्री पौडेलले वार्षिक १ खर्बभन्दा […]