मन्त्री बादीसँग युएनएफपिएका प्रतिनिधिको भेट

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीसँग संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए)का नेपाल प्रतिनिधि श्रीराम हरिदासले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच महिला तथा बालबालिकाको संरक्षण, लैङ्गिक समानता, सामाजिक न्याय तथा सीमान्तकृत समुदायको सशक्तीकरणका क्षेत्रमा गरिने सहकार्यलाई थप प्रभावकारी र परिणाममुखी बनाउने विषयमा छलफल भएको मन्त्री […]